ओली अध्यक्षको एक्लो उमेदबार हुन सचिव पौडेल

१२ असार, काठमाडौँ ।

नेकपा एमालेका सचिव विष्णु पौडेलले संसदीय दलका नेता, केपी ओली अध्यक्षको एक्लो उमेदबार हुने र सर्वसम्मतले पारित हुने बताएका छन् ।  उनले ओली अध्यक्ष  बनिसकेको र अब घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरेका छन् ।

पौडेलले आज राजधानीमा भएको कार्यक्रममा ओली सम्भवतः सर्वसम्मत वा नभए निर्वाचत अध्यक्ष हुने  ठोकुवा गरेका हुन् ।

उनले ओली पक्षधर दुई तिहाई महाधिवेशन प्रतिनिधि निर्वाचित भएको भन्दै ओलीको जीत सुनिश्चित भएको बताए ।

उनले अध्यक्ष झलनाथ खनाल र माधव नेपालको योगदान पार्टीले प्राप्त गरिसकेकोले अब अविभावक भएर बस्नु पर्ने तर्क गरे ।

एमालेभित्र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नहुने भनेर विचार सार्वजानीक भैसकेको बताउँदै सचिव पौडेलले खनाल र नेपाल अब अध्यक्षभन्दा पनि पार्टीको अभिभावकको भुमिकामा बस्नुपर्ने धारणा व्यक्त गरे ।