यस्ता छन् विश्वकपका आज रातीका खेलहरु, नाइजेरीया गर या मरको स्थिीतीमा

११ असार,  बझाङ ।

विश्वकप फुटबलको आफ्नो तेस्रो खेलमा  नाईजेरियाले बुधबार अर्जेन्टिनाको सामना गर्दैछ । यसअघिको दुईवटै खेल जितेको अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरिसकेको छ भने  आजको  खेल  आफ्नो पोल्टामा पार्न सके उसले सुनम सुगन्ध मिस्दै समुह विजेता बन्नेछ । खेल राती पौने दश बजे सुरु हुनेछ ।

नाईजेरियाले खेलेको दुई खेलमध्ये एकमा हार र एउटा बराबरी खेलेको छ । आजको खेल बराबरीमा रोक्ने सके नाइजेरीया अर्को चरण प्रवेश गर्नेछ । त्यसैले अर्को चरण प्रवेशका कारण पनि आजको खेलमा नाइजेरीलाई बराबरी खेल्ने पर्ने दबाब हुने भएकाले पनि  आजको खेल अत्यन्तै रोचक हुने अनुमान गरिएको छ ।

यस्तै राति पौने १० बजे नै बोस्नीया हर्जगोभिनाले ईरानसंग भिड्दै छ । दुई दुई खेल खेलका दई टोली मध्ये बोस्नीया दुवै खेलमा पराजित भएको छ भने ईरान एकमा हार र एउटा बराबरी खेलेको छ ।
उता भोली बिहान पौने दुई बजे हुने खेलमा ईक्वेडरले फ्रान्सको सामना गर्ने छ । फ्रान्स यसअघिको दुवै खेल जितेको छ भने ईक्वेडर एकमा जित र एकमा हार बेहोरेको छ ।

पौने दुई बजे नै हुने अर्को खेलमा भने होन्डुरस विरुद्ध स्विट्जरल्याण्ड भिड्ने छ । स्विट्जरल्याण्डले एउटामा जित र एउटा हार बेहोरेको छ भने होन्डुरस आफ्नो दुवै खेलमा पराजित भएको छ ।