बलजफ्ती सिन्दुर हालिएकी युवती मानसिक विचलनको सिकार

११ असार,  बझाङ ।
बाल्यअवस्थामानै पहिले राजी खुशीमा बिहे भएको र विस्तारै  पारिवारिक र सामाजिक असहजताका कारण युवतीले मानसिक यातना भोग्नु परेका थुप्रै नजिर छन् समाजमा । अझ त्यसमा पनि वाल्यकालमानै विबाह हुदा बालबालीकामा शारिरिक मात्रै होइन मानसिक विचलन पनि हुने गरेका खबरहरु बेलाबेलामा आइरहन्छन् । कहिलेकाँही त बाल्य अवस्था अनि त्यसमाथि जबरजस्ती बिबाह भएका कारण युवतीहरु मानसिक सन्तुलन नै गुमाउने अवस्थामा पुग्छन् । बझाङमा  पनि एउटा यस्तै घटना घटेको छ ।
गएको बैसाख २४ गते बझाङको चौधरी गाविसमा जबरजस्ती सिदुर हालिएकी वर्ष १५ की सुर्यकला रावलले मानसिक सन्तुलन गुमाएकी छन् । पिडित राबल आफन्त संग जिल्ला प्रसासन कार्यालयमा बयान दिन आएका बेला एक्कासी चिच्याएर भाग्न थालेपछि आफन्तलाई सम्हाल्न गाह्रो भएको थियो । पिडीतका दाजु कविन्द्र रावलले भने जबरजस्ती गरेकै दिन देखी सुर्यकलाको मानसिक सन्तुलन गुमेको बताउनुभयो ।

घरबाट स्थानिय मोरी बगर बजार आउने क्रममा उनलाई नौ जनाको समूहले आएका सोही गाविस खातीगाँउका युवाहरुले जबर्जस्ती सिन्दुर हालेका थिए ।पिडीत पक्षले जबरजस्ती करणीमा मुद्दा दायर गर्न खोज्दा प्रहरीले दर्ता नगरेको दाजु कविन्द्रले बताए ।  आज जिल्ला प्रसासन कार्यालयमा आएका ३० जना महिलासहितको पिडीत पक्षको टोलीले मुद्दालाई राजनैतिक रंग दिएको भन्दै कडा कारबाहीको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आफु सधै महिला हिसांका घटना प्रति सम्बेदनशिल रहेको बताउदै दोषीलाई हदैसम्मको सजाय हुनेमा ढुक्क हुन पिडीत पक्षलाई आग्रह गरे ।