संविधानसभामा राज्यका अन्य अंगसँग नबाझिने गरि शक्तिशाली बनाउन माग

१० असार, काठमाडौँ ।
संविधानसभा बैठकमा नयाँ संविधानमा व्यवस्थापिका संसदको अधिकार राज्यका अन्य अंग सँग नबाझिने गरि शक्तिशाली बनाउन सभासदहरुले माग गरेका छन् । संसद कमजोर हुँदा पटकपटक निरंकुशता लाद्ने र सर्वोच्च अदालतले अबरोध गर्ने गरेको सभासदहरुले बताएका छन् ।

दुई सदनको व्यवस्था गर्नु पर्ने पनि सभासदहरुले माग गरेका छन् । नेपाली काँग्रेसका सभासद अर्जुन नरसिंह केसीले सदनमा सदस्य संख्या बढि राख्न नहुने बताए  । एमालेका सभासद भिम रावलले निर्वाचन प्रणाली समाबेसी बनाउने नाममा सदनलाई कमजोर बनाउन नहुने बताए  ।

एकीकृत माओवादीका सभासद अग्नी सापकोटाले दुई सदनात्मक व्यवस्था गर्नु पर्ने बताए ।  पहिलो संविधानसभाको तत्कालीन व्यवस्थापकीय अंगको स्वरुप निर्धारण समितिको प्रतिवेदनमा रहेका सहमति र असहमति माथि आज आफ्नो धारणा राख्ने सभासदहरुले जनप्रतिनिधि थलो संसदलाई सर्वशक्तिमान बनाउनु बताएका हुन् ।