शसत्र द्धन्दकालमा विस्थाजि बैँक सञ्चालन हुने

१० असार,  मोरङ  ।

माओवादी शसत्र द्धन्द्धकालको समयमा बन्द भएको विराटनगर सिजुवाको राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनः सञ्चालनमा आउने भएको छ । चौध वर्ष अगाडि माओवादी द्वन्द्वका कारण विस्थापित सुरक्षा अभावको कारण देखाउँदै विस्थापित भएको बँैक सञ्चालनमा आउन लागेको हो ।

राष्ट्रिय वाणिज्ँय बैंक क्षेत्रीय कार्यालय रानी विराटनगरका प्रमुख गोपाल पौड्यालले सो क्षेत्रमा रहेको एकमात्र वाणिज्य बैंक पुनःस्थापना भई भोलिदेखि बैंकिङ कार्य सञ्चालनमा आउने जानकारी दिए । बैंक पुनःस्थापनाका लागि सबै प्रक्रिया पूरा भएको र भोलि बिहान बैंक सञ्चालक समितिका अध्यक्ष नरहरि ढकालबाट कार्यालय उद्घाटन गरिने भएको छ ।

माओवादी द्वन्द्वका कारण २०५७ सालमा सो गाविसबाट वाणिज्य बैंक, विद्युत् प्राधिकारण तथा गाविसको कार्यालय अन्यत्र सारिएको थियो । अब विद्युत् प्राधिकरणको कार्यालय मात्र पुनःस्थापना हुन बाँकी छ ।