सवारी दुर्घटनामा ४ को मृत्यु, १५ घाइते

१० असार, सुर्खेत ।

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु  भएको छ ।

जिल्लाको छिन्चु गाविस वडा नम्वर ७ पादमाु  बा २ ख ६१९२ नम्बरको फोर्स पुल नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रत्नराजमार्ग अन्तर्गतको सडकमा छिन्चुबाट सदरमुकाम वीरेन्द्रनगरका लागि छुटेको उक्त गाडीमा सवारको मृत्यु भएको हो ।

मेहलकुना गाविस ७ का ३० वर्षिय दीपक केसी, खानीखोला गाविस १ का ४० वर्षिय दुर्गा विक, रामघाट गाविस ६ का ४० वर्षिय कमला खड्का र दशरथपुर गाविस २ बस्ने ४ वर्षिय अनिता बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा १५ जना घाइते भएका मध्ये  चार वर्षिय अनिताका आमा तीलसरा र बुवा धनबहादुर बस्नेत गम्भीर रहेको छ ।