विश्वकपका आज रातीका खेलहरु

१० असार  ।

विश्वकप फुटबल अन्तर्गत आज पनि दुई समूहका अन्तिम चरणका खेलहरु हुँदैछन् । राति पौने १० बजे समूह डी का खेलमा इटाली र उरुग्वे तथा इङ्गल्याण्ड र कोस्टारिका भिड्दैछन् । यो समूहबाट यसअघिका दुवै खेल जितेर कोस्टारिका प्रिक्वार्टरफाइनलमा पुगिसकेको छ भने इटाली र उरुग्वेमध्ये एक टिमले अन्तिम १६ मा ठाउँ पक्का गर्नेछ ।

ईटाली र उरुग्वेको समान ३ अंक छ । पूर्व विजेता इङ्गल्याण्ड भने दुवै खेलमा पराजित हुँदै बाहिरिइसकेको छ । यस अर्थमा उरुग्वे र ईटालीबीच निकै ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । समान अंक भए पनि गोल अन्तरमा ईटाली एक गोलले अगाडि रहेकाले खेल बराबरीमा सकिए ईटालीले बाजी मार्नेछ । मर्माहित इङ्गल्याण्ड भने कोस्टारिकाविरुद्ध सान्त्वना विजय हासिल गर्दै घर फर्किन चाहन्छ ।

विश्वकप अन्तर्गत राति पौने २ बजे समूह सी का खेलमा कोलम्बिया र जापान तथा ग्रीस र आइभरी कोष्ट भिड्दै छन् । कोलम्बियाले यसअघिका दुवै खेल जितेर प्रिक्वार्टरफाइनलमा ठाउँ बनाइसकेको छ । आइभरी कोष्टको ३ तथा जापान र ग्रीसको समान १ अंक छ ।

तीन वटै टिमको प्रिक्वार्टरफाइनल प्रवेशको सम्भावना छ । यसअघि कोलम्बियाले ग्रीसलाई ३÷० ले पराजित गर्दा आइभरी कोष्टलाई २÷ १ ले हराएको थियो । त्यसैगरी जापानले आइभरी कोष्टसंग २÷१ को हार बेहोर्दा ग्रीससंग गोलरहित बराबरी खेलेको थियो । एजेन्सीको सहयोगमा