शाहिदसँग सोनाक्षीको सम्बन्ध

वलिउड नायिका सोनाक्षी सिन्हा र  वलिउड स्टार शाहिद कपुरका् प्रम सम्बन्ध रहेको भारतीय संचारमाध्यमले बताइरहेका बेला सिन्हाले भने आफ्नो कुनै प्रेम सम्बन्ध नरहेको स्पष्ट पारेकी छिन् ।

यस्ता गलत हल्लाले केटीहरुलाई सँधै अप्ठेरो पार्ने भएकोले अनावश्यक हल्ला नगर्न पनि उनले आग्रह गरेकी छिन् ।

शाहिद र आफ्नो जोडीरहेको चलचित्र ‘आर राजकुमार’ सुपरहिट भएपछि यस्तो हल्ला चलेको भन्दै घरमा जवाफ दिईरहनुपर्ने आफ्नो बाध्यता रहेको उनले बताएकी छिन् ।

त्यसो त साहिद कोस्टारसँगको प्रेम चर्चाले मिडियामा छाईरहन्छन् । प्रायः चलचित्रमा उनलाई यो आरोप लाग्छ ।

केटी साथीसँग विशेष रमाउने साहिल कुने बेला करिना कपूरबीना बाँच्नै नसक्ने बताउथे । करीनाको सैफ अली खानसँग बिहे भएपछि उनी तनाबमा देखिएका थिए ।

एजेन्सीको सहयोगमा