ठूलो मुल्यको भन्सार छलीका सामाग्री बरामद

९ असार, गौशाला ।

भन्सार छली भारतबाट नेपाल भित्र्याइएका लाखौँको सरसामानहरू प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको छ । भारतको कन्हमा, सुरसण्ड, भिट्ठामोड नाकाबाट अवैध रूपमा भन्सार छली ल्याइएका रु दुई लाख ४० हजार मूल्यबराबरका सरसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सो सामानहरू सम्सी, बलवा, रामगोपालपुर, जलेश्वरसहितका ठाउँहरूबाट बरामद गरिएको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।

बरामद गरिएको सरसामानमा सुती साडी, मट्टितेल, सुर्ती, प्लास्टिक कुर्सी, सिरक, बिस्कुट, सरसो र रेडिमेड कपडा रहेको छ । साथै मोटरसाइकल थान ६, साइकल थान– ११ समेत बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । बरामद गरिएका सरसामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।