प्रधानाध्यापक सहित तीन अभियुक्त पक्राउ

९ असार, महोतरी  ।
माछा ब्यवसायी विक्रम सहनीलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले एक सोमवार प्रधानाध्यापक सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भ्रमरपुरा १ का लखिचन्द्र साह, सरपल्लो ४ का रामदरेश ठाकुर र सरपल्लो ४ कै रामदुलुम साह रहेका छन् । उनीहरुले मागेजति फिरौती नदिएको भन्दै सहनीलाई निर्मम हत्या गरेका थिए ।

उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । चुल्हाई माया प्रा.वि.सरपल्लोका प्रधानाध्यापक रहेका लखिचन्द्र साह सहित तीनै जना विक्रम सहनीलाई अपहरण गरी कर्तव्य गरी मारेको घटनामा फरार रहेकाले उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।

एक साता अघि प्रहरीले सोही घटनामा संलग्न रहेका रामगोपालपुर १ दोलाठीका १९ वर्षीय ठोरफुटवा भन्ने रामउदिस ठाकुर, ६ का ३२ वर्षीय साहेव भन्ने सईव नदाफ र खोपी ७ का बेल्बा भन्ने बलिराम चमारलाई पक्राउ गरेका थिए । प्रहरीका अनुसार  अपहरणकारीले २१ वर्षिय माछा व्यवसायी विक्रम सहनीलाई अपहरण गरी मुखमा माटोकोची हत्या गरेका थिए ।