उपनिर्वाचनमा काँग्रेसको वर्चस्व, काठमाडौँ २ मा कम्युनिष्टको लालकिल्ला तोडियो

९ असार  ।

संविधानसभाको उपनिर्वाचन अन्र्तगत  नेपाली काँग्रसले आफ्नो दोश्रो संविधानसभाको साख बचाउँदै ४ स्थान मध्ये ३ स्थानमा बिजयी हासिल गरेको छ । काँग्रेसका दिपक प्रसाद कुइँकेल विजयी भएका छन् ।  हिजो भएको उपनिर्वाचनको मतपरिणामअनुसार कांगे्रस उम्मेदवार दीपक कुइँकेल आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठभन्दा चार हजार सातसय ७९ मतको अन्तरले विजयी भएका हुन्  ।

कुइँकेलले १८ हजार २०० मत ल्याएका छन् ।  मतपरिणामअनुसार एकीकृत नेकपा माओवादीका लीलामणि पोखरेलले चार हजार ६०४ मत प्राप्त गरेका छनु  । काठमाण्डु २ मा २०४८ सालपछि नेपाली कांगे्रसले पहिलो पटक जितेको हो ।

दोश्रो संविधानसभामा दोश्रो भएको एमालले आफ्ना २ क्षेत्र मध्ये एउटा गुमाएर एक स्थानमा मात्र  सिमीत हुन पुगेको छ  । उता नेकपा माओबादीले भने संविधानसभाको निर्वाचनमा पराजय भएसँगै धादली भएको भन्ने गैर जिम्वेबार अभिव्यत्ति दिएको माओवादीको यो चुनावमा खासै प्रतिस्पर्धा हुन सकेन ।
कुइकेलको बिजयसँगै  कम्युनिस्टको किल्ला रहँदै आएको काठमाडौं क्षेत्र नम्बर दुई कांग्रेसको कब्जामा पुगेको छ।  कुइकेलनै यो क्षेत्रबाट प्रजातान्त्रिक दलबाट जित्ने पहिलो व्यक्ति हुन् । यसअघि पहिलो संविधानसभामा नएनेकपा माओबादीका झक्कु प्रसाद सुवेदीसँग पराजित  नेकपा एमाललेका बरिष्ठ नेता माधव कुमार नेपालले २० हजार ४ मत ल्याएर बिजयी भएको क्षेत्र पनि हो ।

यो क्षेत्रबाट मदन भण्डारी, विद्या भण्डारी, नारायण ढकाल, प्रदीप नेपाल,  सुवेदी, नेपालले जित हासिल गरेका थिए। सुवेदीबाहेक सबै नेकपा एमालेका नेताहरु हुन्।

पहिलो संविधान सभाको निर्वाचनमा एमाले महासचिव माधवकुमार नेपालाई तत्काली नेकपा माओवादीका झक्कु सुवेदीले पराजित गरेका थिए।
यो पराजयसँगै  श्रेष्ठले पराजयको सुची अझ लम्बाएका छन् । उनले पराजयमा ह्याटीक नै गरेको विश्लेषण हुन थालेको छ । उनी  पहिलो संविधान सभा, दोश्रो संविधानसभा र उपनिर्वाचनमा गरी ३ पटक पराजीत भइसकेका छन् ।

त्यस्तै तृतीय स्थान ओगट्न सफल एमाओवादीका लीलामणि पोखरेलले अत्यन्त्तै न्यून मत प्राप्त गरी लज्जास्पद पराजय बेहोरेका छन् । उनी दोश्रो संविधानसभामा पनि तृतीय स्थानमा थिए । श्रेष्ठ दोश्रो संविधानसभामा एमालेका बरिष्ठ नेता माकुने सँग पराजित भएकी नेपाली काँग्रसकी युवा नेत्री प्रतिमा गौतमको भन्दा कम म त ल्याएर पराजित भएका हुन ।   । गौतमले १२४१५ मत प्राप्त गरेकी थिइन् ।

उपनिर्वाचनमा अरु तीन वटा निर्वाचन क्षेत्रमा दलहरुले यसअघिको विजय कायम राखेका छन् । चितवन र कैलालीमा कांग्रेस विजयी भएको छ भने बर्दियामा एमालेले जित हासिल गरेको छ । चितवन क्षेत्र नम्बर ४ मा का्रग्रेसका उम्मेदवार रामकृष्ण घिमिरे विजयी हुनुभएको हो । उहाँले २० हजार तीन सय १८ मत पाएको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी एमाले उम्मेदवार पार्वती रावलले १७ हजार २ सय ७२ मत पाउनुभयो । एकीकउत माओवादीका उम्मेदवार खुशीराम पाख्रीनले ७ हजार ८ सय ५५ मत पाएका छन् ।  यसअघि त्यस क्षेत्रबाट प्रधानमन्त्री सुशील कोइराला विजयी भएका थिए ।

त्यसैगरी, कैलाली क्षेत्र नम्बर ६ मा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार पुष्करनाथ ओझा विजयी भएका छन् । उहाँले १४ हजार ७ सय ८४ मत पाए भने उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका महेश्वर पाठकले ११ हजार ९ सय ५९ मत पानुभयो । तेस्रोमा राप्रपा नेपालका राजेश भण्डारीले ४ हजार ३ सय ६४ मत प्राप्त गरेको छ । त्यसैगरी, बर्दिया १ मा एमाले उम्मदेवार श्यामप्रसाद ढकाल विजयी हुनुभएको छ । उनले १६ हजार ६ सय ९६ मत पाए ।  ढकालका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका सोदे विष्टले ११ हजार ३ सय ३५ मत पाए  ।