पूर्ण स्वास्थ्य संस्था प्रसुति वडा घोषित

९ असार, रोल्पा ।

कोर्चबाङ गाबिसको वडा नं. ७ पूर्ण स्वास्थ्य संस्था प्रसुति वडा घोषित भएको छ ।

सोमबार गाविसलाई जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर बिपिन कार्कीले होम डेलिभरी मुक्त वडा घोषणा गर्नुभएको हो ।

यो वडा जिल्लाकै पहिलो होम डेलिभरी मुक्त गाविस भएको छ ।

कार्यक्रममा गाविसका विभिन्न आमा समूह, स्वयंमसेविका, महिलालगायतको  सहभागिता रहेको थियो ।

यससँगै नियमित गर्भजाँच, स्वास्थ्य जाँच, पूर्ण खोप, तथा बथिङसेन्टरमा प्रशुतिले वडाको स्वास्थ्य अवस्थामा सुधार आउने छ ।