सुन्नी लडाकले थप नगर नियन्त्रणमा लिए

९ असार ।

इराकका सुन्नी लडाकूहरूले मुलुकको पश्चिमी भागमा सिरियासँग सीमा प्रवेश गर्ने एक रणनीतिक स्थललाई आफ्नो नियन्त्रणमा लिएका छन् ।

इराकी सेनाले रणनीतिक फिर्तीको कार्य गरेका छन् । विद्रोहीहरूको अभियानका कारण हजारौँ जनता विस्थापित भएका छन् र इराक आफैँमा विभाजन हुनसक्ने आशङ्का गर्न थालिएको छ ।

इस्लामिक स्टेट अफ इराक एण्ड द लेभान्ट ९आईएसआईएल० का जिहादीहरूको नेतृत्वमा लडाकूहरूले अल काइमलाई आफ्नो नियन्त्रणमा लिएपछि रवा तथा आना नगरलाई पनि नियन्त्रणमा लिएको स्थानीय वासिन्दाले बताएका छन् । सरकारले आफ्नो सेना यहाँबाट रणनीतिक रूपमा फिर्ता लिएको बताइएका छन् । सीमा जोडिएको छिमेकी सिरियामा यस समूहले युफ्रेटस नदी उपत्यकाको ठूलो भाग आफ्नो नियन्त्रणमा लिएको छ ।

यसैबिच अमेरिकी विदेशमन्त्री जोन केरी बढ्दो द्वन्द्वबीच त्यस क्षेत्रमा पुगेका छन्  ।