इरान अर्जेन्टिनासँग १ ० गोलले पराजित

८, असार ।
विश्कपको गएराती भएको पहिलो खेलमा अजेन्टीनाद्धारा इरान पराजित भएको छ । चार मिनेटको इन्ज्युरी समय जोगाउन नसक्दा इरान अर्जेन्टिनासँग १ ० गोलले पराजित भएको हो । अर्जेन्टिनाका कप्तान  लियोनल मेसीले इन्ज्युरी सयमको पहिलो मिनेटमै गोल गर्दै टिमलाई दिलाएका थिए ।
खेलको अन्तिम समयसम्म इरानले राम्रो डिफेन्स गरेको थियो। अर्जेन्टिलाले पटक पटक गरेको प्रहार इरानका गोल रक्षक र खेलाडीहरुले विफल पारेका थिए।
गोल गर्ने मौका इरानी टिमले पाए पनि अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए।
शनिबार राती भएको खेलको सजतसँगै अर्जेन्टीना प्रिक्वाटफाइनलमा प्रवेश गरेको छ । दुई खेल जितेको अर्जेन्टिनाले ६ अंक जोड्दै समूह ‘एफ’को शीर्ष स्थान कायम गरेको छ। नाइजेरियासँग बराबरी खेलेको इरानसँग एक अंक छ। बोस्निया भने अंकविहीन छ।

आइतबार बिहान भएको खेलमा नाइजेरियाद्धारा बोस्निया पराजित भएको छ । यो पराजयसँगै बोस्निाया समूह चरणबाट बाहिरीएको छ ।