डीआईडी लिटिल मास्टर्स भइन् तेरिया मगर

८ असार  ।

भारतीय टेलिभिजन जी टिभीमा प्रशारित डीआईडी लिटिल मास्टर्स ३ को उपाधि नेपाली चेली तेरिया मौजा मगरले जितेकी छिन् । केहि समय अघि भएको ग्राण्ड फिनालीमा  बुटवलकी तेरिया मगर बिजयी घोषित भएकी हुन् ।
बुटवलकी १२ बर्षिय तेरिया भारत कोलकाताकी ८ बर्षीय अनुस्का क्षेत्री, भारत बैंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ वर्षीय हादिक रुपारेललाई पछि पार्दै उपाधी हात पार्न सफल भएकी हुन् । तेरियाले उपाधि संगै ५० लाख नगद र कार उपहार पाएकी छिन् ।

प्रतियोगिताका लागि १४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएका थिए, जसमध्ये ४० हजार छनोट भै विभिन्न चरणका प्रतिस्पर्धापश्चात् १७ जना भोटिङ राउन्डमा पुगेका थिए ्र उनले सर्वाधिक मत प्राप्त गर्न सफल भएकी थिइन् ।

दुबईमा रहेका तेरियाका बुबा विजय फौजा मगर ग्राण्ड फिनाली हेर्नको लागी अर्जेन्ट बिदा मिलाएर गएका थिए्र उनको बिजयी संगै विश्वभर छरिएर रहेका नेपालीहरुले विभिन्न सामाजिक संजालहरुमा खुशी ब्यक्त गरिरहेका छन् ।