नोपालमा पनी विश्व संगीत दिवस सम्पन्न

७ असार, काठमाडौँ ।
नेपालमा पनि विश्व संगीत दिवस मनाइयो । यो बर्षको नारा विश्वका सम्पूर्ण संगीतकर्मीहरु एक जुट हौ भन्ने रहेको थियो । औपचारिक रुपमा २०७० साल देखि मनाउन थालिएको यो दिवस नेपालमा भने दोश्रो पटक मनाइएको  हो ।  संगीतका प्रारम्भिक धुन ठ्याक्कै यहीबाट सुरु भएको भन्ने एकिन तथ्याङ्क नभए पनि विश्वमा भने सङ्गिीत  दिवस औपचारिक रुममा सन् १९८७ देखि फ्रान्सबाट मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा नेपालमा सांगीतिक संघको अगुवाईमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवश मनाउन लागीएको संघकाक ससन्तोष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार काठमाडौको सिभिल ट्रेड सेन्टरमा भव्य कार्यक्रममा साथ संगीत दिवस मध्यान्ह १२ बजे देखि अपराह्न्ह  ५ बजे सम्म विभिन्न कार्यक्रम गरी मनायो ।

सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सोही अवसरमा ४ जना वरिष्ठ स्रष्टालाई सम्मान पनि गरिएको थियो  । सम्मानीत हुनेमा गीतकार रत्न समशेर थापा, संगीतकार दीपक जंगम, गायिाका मिरा  राना , बाध्यबाधक नोर्बु छिरीङ रहेका छन् ।
कार्यक्रममा झण्डै ४० जना कलाकारले एउटै मञ्चमा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।