फेसबुकमा प्रहरीविरुद्ध प्रतिक्रिया लेख्ने रहमानलाई काठमाडौा पुर्‍याइयो

असार ५, राजविराज– सामाजिक सञ्जाल फेसबुकमा प्रहरीविरुद्ध प्रतिक्रिया लेखेको आरोपमा १९ दिनदेखि सप्तरी प्रहरीको हिरासतमा रहेका सप्तरीका एक युवा व्यापारीलाई प्रहरीले आज बिहान काठमाडौा पुर्‍याएको छ ।
विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दामा कारबाहीका लागि काठमाडौा जिल्ला अदालतमा पेस गर्न पोर्ताहा–१ का मो अब्दुल रहमानलाई आज बिहान काठमाडौा पुर्‍याइएको प्रहरीले जनाएको छ ।
रहमानलाई राजविराज–५ रूपनी मोडस्थित अस्थायी ट्राफिक पोस्टबाट गएराति ७:१५ बजे न्यू पूजा डिलक्स बसमा चढाई काठमाडौा पठाइएको उनका बुबा इसराइल मियााले जानकारी दिनुभयो ।
विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौा जिल्ला अदालतको भएको भन्दै सप्तरी जिल्ला अदालतले मङ्गलबार गरेको आदेशअनुरूप उनलाई बुधबार काठमाडौा पठाइएको प्रहरी निरीक्षक किरण गुरुङले बताउनुभएको समाचार राससले उल्लेख गरेको छ ।