अवरुद्ध सिक्टा सिंचाई आयोजनाको काम पुन: सुरु

असार ४, वाके– बाकेको सिक्टा सिंचाई आयोजनाको काम पुन: सुरु भएको छ । मुआब्जा विवादका कारण गत वर्षदेखि निर्माण कार्य अवरुद्ध भएको थियो ।  सिक्टा सिचाइमा जग्गाधनीसगको सहमतिपछि काम शुरु भएको हो । पूर्जावाल जग्गाधनीलाई यसअघि निर्धारण गरिएको मुअब्जामा २३ प्रतिशत रकम थप गरिदिने आयोजनाको प्रस्तावमा जग्गाधनी सहमत भएका हुन् ।

यो आयोजनावाट बाकेको करिब ४३ हजार हेक्टर खेतियोग्य जमिन सिचाइ हुनसछ । एक दशक अघिदेखि निर्माण थालिएको सिक्टा सिचाइ परियोजना मूल नहर निर्माणको क्रममा १५ देखि ३५ किमिको खण्डमा मुआब्जा विवादले गतवर्षदेखि काम रोकिएको थियो । मुआब्जामा सहमति जुटेपछि निर्माण कार्य पुन: शुरु भएको मुआब्जा निर्धारण समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी जीवनकुमार ओलीले बताउनुभयो ।