संविधानसभा वैठकमा आज पनि शासकीय छलफल

असार ४, काठमाडौ– संविधानसभाको वैठकमा आज पनि तत्कालीन शासकीय स्वरुपको प्रतिवेदनमाथिको छलफल हुने भएको छ । नया वानेश्वरममा विहान ११ बजेपछि बस्ने संविधानसभाको पुर्ण बैठकमा तत्कालिन शासकीय स्वरुप निर्धारण समितिले तयार पारेको प्रतिवेदनमा रहेका सहमति र असहमतिको प्रतिवेदनमाथिको छलफल जारी रहनेछ ।
यसअघि कांग्रेस, एमाले र एनेकपा माओवादीसहित सबै दलका नेताहरुले घोषणापत्र अनुसार आ आफ्नो धारणा राखेका छन् । यसैगरी दिउसो बस्ने व्यवस्थापिका संसद्को बैठकमा आजपनि पूर्व बजेट छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । व्यवस्थापिका संसद्को बैठकमा पुर्वबजेटमाथि बाकी रहेका सभासदहरुले आ आफ्नो धारणा राख्नेछन् । पाचदिन पुर्वबजेट छलफल गराउने तयारी अनुसार आज अन्तिमदिनको छलफल हुने सचिवालय स्रोतले जनाएको छ । केहीदिनपछि सरकारको नीति तथा कार्यक्रम पेश गर्ने मिति तय हुनेछ ।