विश्वकप फुटबलमा अर्जेन्टिनाको बिजयी

असार २, काठमाडौ–सुरुवात अर्जेन्टिनाले विश्वकप फुटबलमा बिजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोस्निया एण्ड हर्जगोभिनाबिरुद्ध २–१ गोल अन्तरको जित निकालेको हो । ब्राजिलको माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले बोस्नियाका डिफेण्डर कोलसिनाकको उपहार गोलबाट खाता खोलेको थियो । खेलको तेस्रो मिनेटमै अर्जेन्टिनी स्ट्राईकर लियोनल मेस्सीको पासमा कोलसिनाकले आफ्नै पोष्टमा गोल गरेका थिए । खेलको ६५ औं मिनेटमा अर्जेन्टिनाका लागि मेस्सीले गोल गर्दै अग्रतालाई दोब्बर पारे । बोस्नियाका लागि भने ८४ औं मिनेटमा आईविसेभिकले सान्त्वना गोल गरेका थिए । पहिलो पटक विश्वकप फुटबल खेलेको बोस्नियाले धेरै अवसरहरु पाए पनि गोल गर्न सकेन । यस्तै गयराति भएको पहिलो खेलमा स्वीट्जरल्याण्डले इक्वेडरबिरुद्ध २–१ को जित निकालेको छ । खेलको २२ औं मिनेटमा इक्वेडरका लागि भ्यालेन्सियाले गोल गरि टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफको तेस्रो मिनेटमा स्वीट्जरल्याण्डका लागि एडमिर मेहमेदले बराबरी गोल फर्काएका थिए । खेलेको अतिरिक्त समयमा सेभेनोभिचले गोल गर्दै स्वीटजरल्याण्डलाई जित दिलाएका थिए । यस्तै, रातीनै भएको अर्को खेलमा फ्रान्सले होण्डुरसबिरुद्ध ३–० गोलको उत्कृष्ट जित निकालेको छ । फ्रान्सका करिम बेन्जिमाले खेलको ४३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटभित्रै होण्डुरसका गोल रक्षक नोएल भालाडेर्सले आफ्नै पोष्टमा बल छिराएर फ्रान्सको गोललाई दोब्बर पारिदिए । दबाबमा रहेको इक्वेडरबिरुद्ध फ्रान्सका लागि बिन्जमाले व्यक्तीगत दोस्रो गोल गर्दै टिमलाई ३–० गो जित दिलाएका हुन् । यसैबिच आज राती पौने १० बजे जर्मनी र पोर्चुगल भिड्ने भएका छन् । त्यसैगरी भोलि बिहान पौने १ बजे इरान र नाईजेरिया भिड्नेछन् भने बिहान पौने चार बजे अमेरिका र घानाबिच प्रतिष्पर्धा हुने छ । एजेन्सी