आज पनि मौलिक हकको प्रतिवेदनमाथि छलफल हुने

असार २, काठमाडौ–संविधानसभाको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा शासकीय स्वरुपको प्रतिवेदनमा रहेका सहमति र असहमतिका विषयमाथि  नै छलफल हुनेछ ।
हिजोको छलफलमा पालो नपाएका  सभासदहरुले आज आफ्नो धारणा राख्नेछन् । यस्तै व्यवस्थापिका संसद्को बैठकमा आजपनि पूर्व बजेट छलफल हुनेछ । दिउसो बोलाइएको बैठकमा पूर्वबजेट छलफलमा बाकी रहेका सभासदहरुले आफ्नो धारणा राख्नेछन् । शुक्रबारबाट सुरु भएको छलफलमा बाकी रहेका सांसदहरुले  आफ्नो धारणा राख्ने संसद् सचिवालयले जनाएको छ ।