उपचारका लागि प्रधानमन्त्री आज अमेरिका जादै

असार २, काठमाडौ– फोक्सोमा दाग देखिएपछि स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री सुशील कोइराला आज संयुक्त राज्य अमेरिका जादै हुनुहुन्छ । उहा आज बेलुका ८ बजे अमेरिका जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
कोइरालाको ५ गते  विहीबार अमेरिकामा स्वास्थ्य जाच गराउनुहुनेछ । प्रधानमन्त्री कोइरालाका साथमा उहाका निजी चिकित्सक करवीरनाथ योगी, अतुल कोइराला र नातेदार मृदुला कोइराला जानुहुनेछ ।