जेठ ३१, काठमाडौ– इराकमा सुन्नी चरमपन्थी मुस्लिम संगठनका लडाकुहरुले बिभिन्न शहरहरु कब्जा गर्न थालेपछि त्यहाका सबैभन्दा बरिष्ठ शिया धर्मगुरुले आफ्ना नागरिकलाई हतियार उठाउन अपिल गरेका छन् । देशका बिभिन्न शहर सुन्नी चरम्पन्थीको कब्जामा गएपछि त्यहा रहेका शिया मुस्लिमहरुका मुख्य धर्मगुरु आयतुल्लाह अली अल सिस्तानीले देश बचाउनका लागि भन्दै एक प्रतिनिधिमार्फत आफ्ना अनुयायीहरुलाई हतियार उठान अपिल गरेका हुन् । सुन्नी चरमपन्थीले राजधानी बग्दाद पनि कब्जा गर्ने धम्की दिएको छ । उसले राजधानी बाहेक मोसुल लगायतका ठूला शहरहरु आफ्नो कब्जामा गईसकेकाले अब देशमा सुन्नी मुस्लिम शासन लगाउने दावी गर्दै आएको छ । यसैबिच संयुक्त राष्ट्र संघको शरणार्थी सम्बन्धी एजेन्सी युएनएचसीआरका अनुसार पछिल्ला केहिदिन भित्र इराकबाट करिब ३ लाख नागरिक विस्थापित भएका छन् । तर राष्ट्र संघका एक अधिकारीले भने राजधानी बग्दाद तत्कालै बिद्रोहीको कब्जामा जाने खतरालाई भनि इन्कार गरेका छन् । एजेन्सी
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक