विश्वकप फुटबलमा आज ४ वटा खेल, राति पौने १० बजे पहिलो खेल हुने

जेठ ३१,काठमाडौ– विश्वकप फुटबल अन्र्तगत आज ४ वटा खेल हुने भएका छन् । आज राति पौने १० बजे पहिलो खेल सुरुहुने छ भने अन्तिम खेल भोली विहान साढे ८ बजे सम्म चल्ने छ । राती पौने १० बजे हुने खेलमा कोलम्बीया र ग्रिस भिड्ने छन् । यसैगरी पौने १ बजे उरुग्वे र कोष्टारिका भिड्दा विहान पौने ४ बजे इग्ल्याण्ड र इटली भिड्ने छन् । एशियाली टोली जापानले भोली विहान पौने ७ बजे आइभरी कोष्टसाग प्रतिस्पर्धा गर्ने छ । मिनेरियो बेलो होरिजेन्ट स्टेडियममा कोलम्बीया र ग्रिस भिड्ने तय भएको छ । यी दुई टिम दोस्रो पटक आमने सामने हुन लागेका हुन् । यसअघि सन १९९४ मा भिड्दा कोलम्बिया २–० गोल अन्तरले विजयी भएको थियो । विश्ववरियतामा आठौ स्थानमा रहेको कोलम्बिया मारियो योपेसको कप्तानीमा हुने छ । १२ औ बरियतामा रहेको ग्रिसकालागि कोलम्बिया बलियो प्रतिद्वन्द्वी हुने अनुमान गरिएको छ । यस्तै कोष्टारिका र उरुग्वेबीच हुने राति पौने १ बजेको खेलपनि रोमाञ्चक हुने अनुमान गरिएको छ । विश्वकप फुटबलको पहिलो उपाधी जितेको उरुग्वेले अहिले सम्म दुईवटा विश्वकप जितेको छ । सन् २०१० मा उरुग्वे चौथो भएको थियो । उरुग्वे र कोष्टारिका अहिले सम्म ११ खेलमा आमने सामने हुदा उरुग्वेले ७ पटक जितेको छ भने चार खेल बराबरीमा सकिएका थिए । विश्वकप उपाधीका दाबेदार मानिएका इटली र इङ्ल्याण्डबीचको खेल भने विहान पौने ४ बजे सुरु हुने छ । तीन पटकको विश्व विजेता इटली र एक पटकको च्याम्पियन इङ्ल्याण्डबीचको खेल प्रतिस्पर्धात्मक हुने चर्चा गरिन्छ । स्टेभन जेरार्डको कप्तानीमा रहेको इङ्ल्याण्ड र बुफानोको कप्तानीमा रहेको इटली विश्व बरियतामा पनि समान छन् । गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई ५– १ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डले सनसनी मच्चाएको छ । सन २०१० को विश्वकपमा फाइनल भिड्दा १–० को नमिठो हार चाखेको नेदरल्यान्ड्सले बदला समेत लिएको छ । नेदरल्यान्ड्सका रोबिन भान पर्सी र आर्जेन रोबिनले समान दुई दुई गोल गर्दा स्टेफनले एक गोल थपे । सुरुमै स्पनेले पेनाल्टी मार्फ अग्रता लिएपनि त्यो जोगाउन भने सकेन् । २७ औ मिनेटमा ओलेन्सोले पेनाल्टी मार्फत अग्रता दिलाएका थिए । यसैगरी मेक्सिकोले क्यामरुनलाई १ सून्य गोल अन्तरले पराजित गरेको छ । निकै प्रतिष्प्रधात्मक खेलमा गोल हुन ६१ मिनेट कुर्नु परेको थियो । ६१ औ मिनेटमा ओरिब परल्टाले गोल गर्दै जित दिलाएका हुन । चिलिले अष्टेलियालाई तीन एक गोल अन्तरले पराजित गरेको छ । एजेन्सी