जेठ ३१, काठमाडौ– अफगानिस्तानमा आज दोस्रो चरणको राष्ट्रपतीय निर्वाचन हुने भएको छ । यस अघि गत ६ अप्रिलमा भएको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा आज पुन: मतदान हुने भएको हो । आजको मतदानमा यसअघि भएको चुनावमा सबैभन्दा अगाडी रहेका दुई उम्मेदवार अब्दुल्ला अब्दुल्ला र अशरफ गनीलाई मात्रै मतदान गरिनेछ । यस अघि भएको मतदानमा पूर्व विदेशमन्त्री रहेका अब्दुल्ला अबदुल्लालाई ४४ दशमलब ९ प्रतिशत मत प्राप्त भएको थियो भने पूर्व अर्थमन्त्री तथा अर्थविज्ञ अशरफ गनीलाई ३१ दशमलब ५ प्रतिशत मत प्राप्त भएको थियो । अधिकारीहरुका अनुसार आज निर्वाचन सम्पन्न भएपछि आगामी दुई जुलाईमा प्रारम्भीक नतिजा सार्वजनिक हुने छ भने २२ जुलाईसम्ममा मात्र राष्ट्रपति बारे अन्तिम छिनोफानो लाग्नेछ । अफगानिस्तानका बिभिन्न दुर्गम र निकै पछि परेका क्षेत्रबाट मत पेटिका राजधानी काबुल ल्याउन समय लाग्ने भएकाले नतिजा सार्वजनिक हुन समय लाग्ने अधिकारीहरुले जनाएका छन् । यस अघि सम्पन्न चुनावमा कर्मचारीबाट धाादली भएको भन्दै त्यहााको स्वतन्त्र निर्वाचन आयोगले आफ्ना पााच हजार कर्मचारी बर्खास्त गरेको थियो । एजेन्सी
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक