जेठ ३१, काठमाडौ– ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ शीर्षकमा बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु हुदैछ । काठमाण्डौको बौद्ध स्थित होटल ह््यात रिजेन्सीमा हुने प्रजातान्त्रिक समाजवादको भविष्य शीर्षकमा सम्बोधन गर्ने बिभिन्न देशबाट अथितिहरु उपस्थीत भएका छन । सम्मेलनमा भाग लिन म्यानमारकी प्रजातन्त्रीबादी नेतृ आङसाङ सुकी, सोसलिष्ट इन्टरनेसनलका महासचिव लुइस आयला, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार, जर्मन प्राध्यापक थोमस मायर, बेल्जियमका प्राध्यापक डा. जुलियन भोउले सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा नेपालका तर्फबाट प्रा. डा. जयराज आचार्यले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ । सम्मेलनमा करीब दुईसयजनालाई अथितिका रुपमा बोलाईएको छ भने १५ सय भन्दा बढिको सहभागीता रहने छ । नेतृ सुकिलाई अधिनन्दन गर्न प्रतिष्ठानले ५सय १ सदस्यीय मुल समिति गठन गरेको छ । सुकिलाई भोली अपरान्ह ४ बजे नागरीक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
