जेठ ३१, काठमाडौ– राष्ट्रपति डा. रामबरण यादव र म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुकि बिच भेटबार्ता भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आज भएको भेटवार्तामा समसामयीक विषयमा कुराकानी भएको छ । भेटबार्ताका क्रममा नेपाल र म्यानमारको प्रजातान्त्रीक आन्दोलन, एकअर्काले गर्न सक्ने सहयोगको आदानप्रदान र नेपालबा बन्न लागेको संबिधानका बिषयमा छलफल भएको बताईएको छ । हिजोमात्र सुकीले प्रधानमन्त्री सुशील कोइरालासंग भेटगर्नु भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो अपरान्ह ५ बजे भएको भेटबार्तामा नेपाल र म्यानमारले प्रजातन्त्रको लागि संगसंगै संघर्ष गरेको र दुवै देशमा प्रजातन्त्रलाई संस्थागत गर्न समय लागेको बिषयमा छलफल भएको थियो । चार दिवसीय भ्रमणका क्रममा नेपाल आइपुग्नु भएकी प्रजातन्त्रवादी नेतृ सुकीेले केहिबेरपछि सुरुहुने वी पी कोइराला स्मृति ट्रष्ट र वी पी चिन्तन प्रतिष्ठान द्वारा आयोजित “समाजबादको सान्दर्भिकता” विषयक विचार गोष्ठीलाई संबोधन गर्नु हुनेछ । संम्बोधापछि आजै दिउसो सभामुख सुभाषचन्द्र नेम्बाङ्संग पनि भेटबार्ता गर्ने कार्यक्रम रहेको छ । नेम्वाङसंगको छलफलपछि सुकिले अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सभासद्हरुलाई संबोधन गर्ने कार्यक्रम रहेको छ । सभासदहरुलाई संम्बोध गरपछि सुकी सााझ सभामुख नेम्बाङ्ले आयोजना गर्नुहुने रात्री भोजमा सरिक हुनुहुनेछ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।