व्यवस्थापिका संसद् बैठक बस्दै

जेठ ३०, काठमाडौ– १२ दिनदेखि स्थगित हुादै आएको व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । दिउसो ३ बजे बोलाइएको  बैठकमा पुर्वबजेट छलफल हुनेछ । अर्थमन्त्री रामशरण महतले पुर्वबजेट छलफलको प्रस्ताव यसअघिको बैठकमै गर्नुभएको थियो । पुर्वबजेट छलफलका लागि जेठ १६ गते बोलाइएको बैठक विपक्षीको अवरोधका कारण सुचारु हुन सकेको थिएन । सभासदहरुले आज विशेष र सुन्य समयमा विभिन्न विषय उठान गर्ने तयारी गरेका छन् ।