आङसाङ सुकी नेपाल आउदै

जेठ ३०, काठमाडौ–म्यान्मारकी प्रजातन्त्रवादी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी आज नेपाल आउादै हुनुहुन्छ । ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ शीर्षकमा बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन भाग लिन उहाा नेपाल आउादै आउन लाग्नु भएको हो । सुकीले भोली नै संविधानसभा सदस्यहरुलाई सामुहीक सम्बोधन गर्नुहुनेछ । उहााले भोली ह््यात रिजेन्सीमा हुने प्रजातान्त्रिक समाजवादको भविष्य शीर्षकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सुकीलाई अन्तराष्ट्रिय विमानस्थलमा सरकारका तर्फबाट वन तथा भू संरक्षण मन्त्री महेश आचार्य र बिपी चिन्तन प्रतिष्ठानका तर्फबाट अध्यक्ष हरिबोल भट्टराइसहितको टोलीले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ । सम्मेलनमा भाग लिन सुकीसहित सोसलिष्ट इन्टरनेसनलका महासचिव लुइस आयला, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार, जर्मन प्राध्यापक थोमस मायर, बेल्जियमका प्राध्यापक डा. जुलियन भोउ पनि नेपाल आउादै हुनुहुन्छ । सम्मेलनमा नेपालका तर्फबाट प्रा. डा. जयराज आचार्यले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहादा सुकीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालासाग शिष्टाचार भेट गर्नुका साथै विभिन्न राजनीतिक दलका नेताहरुसाग भेटघाट गर्नुहुनेछ । उहााले बुद्धको जन्मस्थल लुम्बिनी र सुन्दरीजलस्थित विपी कोइराला सङ्ग्रहालयको पनि भ्रमण गर्नुहुनेछ ।