नेतृ शैलजा आचार्यको आज स्मृती दिवस

जेठ २९, काठमाण्डौ – प्रजातन्त्रिक आन्दोलनकी नेतृ शैलजा आचार्यको आज स्मृति दिवस मनाइदैछ । सानै उमेरदेखि लोकतान्त्रिक आन्दोलनमा समपिर्त आचार्य मुलुकमा प्रजातन्त्र बहालीका लागि भएका आन्दोलनहरुमा अगं्रणी मोर्चामा रहनुभएको थियो ।
राजा महेन्दले मुलुकमा निर्दलीय पञ्चायती व्यवस्था शुरु गरेपछि २०१७ साल फागुन ७ गते राजा महेन्द्र टुडिखेल जाने क्रममा कालोझण्डा देखाएर नेतृ शैलजा  विरोधमा उत्रिनुभएको थियो । नेपाली कांगेसको राजनीतिमा सक्रिय हुदै आचार्य मुलुकको पहिलो महिला उपप्रधानमन्त्री हुनभएको थियो ।
कांग्रेस पार्टीमा उपसभापतिसमेत आर्चाय वीपी कोइरालाको राजनीतिक दर्शन र विचारबाट प्रभावित हुनुहुन्थ्यो ।  नेतृ आचार्यको २०६६ साल जेठ २९ गते निधन भएको थियो ।