जेठ २८, काठमाडौ– इराकी प्रधानमन्त्री नूरी अल मलिकीले देशमा संकटकाल लागु गर्नका लागि संसद समक्ष आग्रह गरेका छन् । देशको सबैभन्दा ठूलो शहर मोसूल र निनवेह प्रान्त आतंककारीहरुले कब्जामा लिएपछि प्रधानमन्त्री मलिकीले संसदसमक्ष यस्तो अनुरोध गरेका हुन् । उनले देशलाई आतंककारीको कब्जामा जान नदिनसमेत उद्घोष गरेका छन् । इराकको मोसूल शहरमा पााचदिन देखि जारी युद्धपछि शहर आतंककारीको कब्जामा गएको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार सयौं हतियारबन्द व्यक्तीहरुले मोसूलको प्रान्तीय सरकारको मुख्यालय कब्जामा लिएका छन् । आक्रमणमा केहि विमानस्थल र प्रहरी कार्यालयहरु ध्वस्त पारिएका छन् । इराकी गृहमन्त्रालयले हिजो नै एक विज्ञप्ती निकालेर मोसूल शहर आतंककारीहरुको कब्जामा गएको जनाएको थियो । एजेन्सी
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
