पहिलो क्रिकेट टेष्ट प्रतियोगिता जारी

जेठ २७, काठमाडौ– न्यूजिल्याण्ड र वेष्ट इन्डिजबीचको पहिलो टेष्ट क्रिकेट प्रतियोगिता जारी छ । पहिलो पारीमा ७ विकेट गुमाउादै ५ सय ८ रन जोडेपछि न्यूजिल्याण्डले पारी समाप्त भएको घोषणा गरेको छ । न्यूजिल्याण्डका लागि केन विलयाम्सनले १ सय १३ तथा जेमी निसम्यानले १ सय ७ रन जोडेका थिए । पहिलो पारी सुरु गरेको वेष्ट इन्डिजले दोस्रो दिनको खेल सकिादासम्म विना विकेटको क्षतिमा १९ रन जोडेको छ । वेष्टइन्डिजका किरण पावेल ११ र क्रिस गेल ८ रन बनाएर क्रिजमा रहेका छन् ।