जेठ २७, काठमाडौ– गत आठ मार्चमा बेपत्ता भएको मलेसियन एयरलाइन्सको जहाज खोज्न हालसम्म ९० लाख डलर खर्च भएको मलेसियाले जनाएको छ । समाचार एजेन्सी सिन्ह्वाका अनुसार मलेसियाका निर्यात मन्त्री हिशामुद्धिन हुसैनले विमान खोजीमा खर्च भएको विवरण हिजो सार्वजनिक गरेका हुन् । विमान खोजीका लागि मलेसियाले पााच ओटा विमान एजेन्सीलाई परिचालन गरेको थियो । जसमा मलेसियाली एयरफोर्स, नेवी, प्रहरी, फायरब्रिगेट र त्यहााको राहत तथा उद्धार बिभाग सहभागी थिए । विमानको खोजीका लागि अन्य देशले गरेको सहयोग र खर्च विवरण भने यसमा समावेश गरिएको छैन । गत आठ मार्चको बिहान पौने १ बजे चीनका लागि क्वालालाम्पुरबाट उडेको जहाज २ सय ३९ जना यात्रुसहित बेपत्ता भएको थियो । विमानको अझै पत्ता लाग्न सकेको छैन । बेपत्ता यात्रुका परिवारले खोजीका लागि सरकारसंग जोडदार माग गरिरहेका छन् । एजेन्सी
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।