निमावि र माविको संगै सिफारिस

जेठ २७, काठमाडौ– शिक्षक सेवा आयोगले माध्यमिक र निम्नमाध्यमिक तहका शिक्षकहरुको सिफारिस सागै गरिने भएको छ । माध्यमिकतहका शिक्षकहरुको नतिजासागै सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरुमा सिफारिसको तयारीमा आयोग लागेको भए पनि यसबीचमा निम्नमाध्यमिक तहको पनि सम्पूर्ण नतिजा आएका कारण दुवै तहका शिक्षकको सिफारिस गर्ने गरी तयारी गरिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगको परीक्षामा उत्तीर्ण माध्यमिक तहका दुई हजार २८६ शिक्षक र लगभग दुई हजार ७५० को सङ्ख्यामा रहेका निम्नमाध्यमिक तहका शिक्षकहरुलाई केही दिनभित्रमा एकसाथ सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरु सिफारिस गरिनेछ । निम्नमाध्यमिक तहका शिक्षकहरुको जिल्ला शिक्षा कार्यालयमा सिफारिसको तयारीमा आयोग लागेका कारण प्राथमिक तहको नतिजा प्रकाशनमा केही दिन ढिलाइ हुने भएको जानकारी दिनुभयो । असार पहिलो साताबाट मात्र प्राथमिकतहको नतिजा प्रकाशन हुनसक्ने सम्भावना रहेको बताउनुभयो । सात हजार ८ सय को सङ्ख्यामा आवश्यक प्राथमिकतहका शिक्षकहरुका लागि आयोगले प्रतियोगीहरुको अन्तर्वार्ता लिइसकेको छ ।