प्रधानसेनापति भारत भ्रमणमा जाने

जेठ २७, काठमाडौ– नेपाली सेनाका प्रधानसेनापति गौरवशमशेर राणा एक साता लामो भ्रमणका लागि आज भारत जाादै हुनुहुन्छ । भारतका स्थल सेनाध्यक्ष विक्रम सिंहको निमन्त्रणामा भारतीय सेनाको इण्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कार्यक्रममा सहभागी हुन प्रधानसेनापति राणा त्यसतर्फ जान लाग्नुभएको हो । भ्रमणदलमा उपरथी पूर्णचन्द्र थापा र सहसेनानी कृति राजभण्डारी पनि सहभागी हुनुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा प्रधान सेनापति राणाले भारतीय रक्षामन्त्री अरुण जेट्लीसहित वायु र जलसेना प्रमुखहरूसाग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।