त्रिचन्द्र क्याम्पसका विद्यार्थी र प्रहरीविच झडप

जेठ २६, काठमाण्डौं – माईक्रो बायोलोजी विषयमा अध्यनरत काठमाण्डौं त्रिचन्द्र कलेजका विद्यार्थी र प्रहरीवीच झडप भएको छ । माईक्रो बायोलोजी पढेका विद्यार्थीहरुले, आफुलाई त्रिविवाट मेडिकल लाईसेन्स उपलव्ध गराउनु पर्ने माग राख्दै क्याम्पसमा आन्दोलन गरेपछि प्रहरीले हस्तक्षेप गरेका थियो ।

त्रिविले माईक्रो बायोलोजी अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई दिदै आएको मेडिकल लाईसेन्स सम्वन्धि, यस अघिको नियम व्यवस्थालाई परिवर्तन गर्न थालेपछि विद्यार्थीहरु आन्दोलित भएको, त्रिचन्द्र क्याम्पसका नेविसंघ नेता प्रेमराज जोशीले वताए । नेता जोशीका अनुसार, आन्दोलित विद्यार्थीहरुले आफुहरुलाई मेडिकल लाईसेन्स उपलव्ध गराउनु पर्ने माग गरेका छन् ।