चन्द समूहले राणालाई अध्यक्ष स्वीकार नगर्ने

जेठ २६, काठमाडमौ– आफुलाई अध्यक्ष घोषणा गरिसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्ऽ बहादुर चन्द समूहले कुनै पनि हालतमा पशुपति शमशेर राणालाई स्वीकार नगर्ने जनाएको छ ।

आईतबार बसेको केन्द्रिय समिति वैठकमा सूर्यबहादुर थापा पक्षधर सहभागी भएको भन्दै राणालाई अध्यक्ष स्वीकार नगर्ने  जनाउ चन्दले सोमवार आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गरी दिएका हुन ।

एक वर्ष अघि भएको एकताको महाधिवेशनमा दोस्रो बरियताको नेता अध्यक्ष हुनुपर्ने सहमति भए अनुसार आफु स्वभाबिक रुपमा अध्यक्ष बन्ने उनको तर्क थियो

चन्द समूहले असार दुई गते छुट्टै केन्द्रिय समिति बैठकको आह्वान गरेको छ । थापा पक्षले भने हिजो केन्द्रिय समिति बैठक मार्फत राणालाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।