बस र ट्रक आपसमा ठोकिदा २८ जना यात्रु घाईते

जेठ २६, चितवन – चितवनको दारेचोकमा, पोखरावाट काठमांडौ आउदै गरेको ना४ख ६७८ नम्वरको बस, विपरित दिशातिर गईरहेको ट्रक सित ठोकिदा भएको दुर्घटनामा २८ जना यात्रु घाईते भएका छन् ।

दुर्घटनामा तीन जना यात्रु गम्भिर भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले वताएको छ । घाईतेको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साईन्सेस भरतपुरमा उपचार भईरहेको छ । घाईते तिन जना, कास्की लेखनाथकी २२ वर्षकी मेनुका भण्डारी, सोही ठाउका २६ वर्षका प्रकाश पौडेल र ट्रकका सहचालक नवलपरासीका २५ वर्षे विष्णु क्षेत्रीको,  टाउकोमा चोट लागेकाले अवस्था गम्भिर रहेको छ ।

बाटो साँघुरो भएकाले साईड दिने क्रममा गाडी एक आपसमा ठोकिएको प्रहरीले अनुमान गरेको छ ।