व्यवस्थापिका संसद्को बैठक आज पनि

जेठ २६, काठमाडौ–व्यवस्थापिका संसद्को बैठक आज पनि डाकिएकोछ । विपक्षीवाट लगातार अवरोध हुदै आएको वैठक प्रमुख दलहरुबीच सहमति कायम भए आज दिउसो ३ बजेवाट सुचारु हुने संसद् सचिवालयले जनाएको छ ।
संविधानसभा निर्वाचनमा भएको भनिएको धाधली छानबिनका लागि संसदीय समिति बनाउने, रकमान्तरका बारेमा अर्थमन्त्रीले सदनमा जवाफ दिने, उच्चस्तरीय राजनीतिक समिति बनाउने,  अनियमित तरिकाले वितरण गरिएको रकमको बारेमा छानबिन गर्न समिति बनाउने लगायतका विषयमा दलहरु सहमति नजिक पुगेका छन् ।
तर, एमाओवादीले समितिको स्थायी नेतृत्व खोजेकाले सहमति कायम हुन नसकेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।