एमाले नेता ओलीले आज अध्यक्षको उमेदवारी घोषणा गर्दै

जेठ २६, काठमाडौ–नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज शक्ती प्रदर्शन सहित आसन्न नवौ महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषण गर्दै हुनुहुन्छ ।
आज विहान ११ बजेपछि भृकुटीमण्डपमा भव्य कार्यक्रमका विचमा उम्मेदवारी घोषणको तयारी भइरहेको छ । एक महिना लामो उपचार पछि स्वास्थ्य लाभ गरि स्वदेश फर्किएसगै आज उहाले उम्वेदवारी घोषणा गर्न लाग्नु भएको हो ।
आज आफ्नो प्यानलसहित घोषणाको तयारी गरेको भएपनि उपाध्यक्ष र महासचिवमा बामदेव गौतम र ईश्वर पोखरेलको नाम घोषण भइसकेको छ ।
अध्यक्षका अर्का प्रत्यासी माधवकुमार नेपालले यसअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।