नेबिसंघको महाधिवेशन स्थगित

जेठ २५, काठमाडौ– नेपाली काग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघको महाधिवेशन स्थगित भएको छ । आगामी जेठ २९, ३० र ३१ गतेका लागि तय भएको महाधिवेशन ‘विशेष कारणबश’ भन्दै स्थगित गरिएको छ । नेपाली कााग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले विज्ञप्ती जारी गर्दै अर्को मिति छिट्टै तय हुने जानकारी गराएका छन् । उनले आशन्न महाधिवेशनका लागि जिल्ला र विभिन्न शाखालाई अधिवेशन सक्न पनि आग्रह गरेका छन् ।