एमाले नेतृ सहाना प्रधानको स्वास्थ्य अवस्था गंभिर

जेठ २५, काठमाडौ–नेकपा एमाले नेतृ सहाना प्रधानको स्वास्थ्य अवस्था गंभिर वन्दै गएको छ । उहाको स्वास्थ्यमा कुनै सुधार नआएको उपचारमा संग्लग्न चिकित्सकले जनाएका छन् ।
शुक्रवार विहान श्वसाप्रश्वासमा एक्कासि कठिनाइ देखापरेपछि परिवारले प्रधानलाई बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरेका थिए ।
मस्तिष्कघात र निमोनियाको संक्रमण भएको अस्पतालले जनाएको छ । भर्ना भएदेखि नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर श्यामबहादुर पाण्डेले नेतृ प्रधानको स्वास्थ्य अझै पनि उस्तै रहेको जानकारी दिनुभयो ।