जेठ २५, काठमाडौ– अज्ञात रोगका कारण भारतको बिहारस्थित मुजफ्फरपुर शहरको एक सरकारी अस्पतालमा १९ बालबालिकाको मृत्यु भएको छ । अज्ञात रोगका करिब ७० बालबालिकाको उक्त अस्पतालमा उपचार भैरहेको छ । बिहारका स्वास्थ्य सचिव दिपक कुमारले उपचार गराईरहेका बालबालिकाको मृत्यु भएको पुष्टी गरेका हुन् । उनका अनुसार त्यस क्षेत्रमा पछिल्ला केहि बर्षदेखि अज्ञात रोगको प्रकोप बढिरहेको छ । स्वास्थ्य सचिव दिपक कुमारले मे महिनाको अन्त्यतिरबाट मुजफ्फरपुरमा अज्ञात रोगका बिरामी बढिरहेको र सरकारले निशुल्क उपचारको व्यवस्था गरेपछि सफल नभएको बताएका छन् । अधिकारीहरुका अनुसार मुजफ्फपुर लगायत मोतिहार, बैशाली, सितामढी र शिवहर जिल्लामा पनि अज्ञात रोगका कारण थुप्रै बालबालिकाको मृत्यु भैसकेको छ । मुजफ्फरपुरका स्थानीय सञ्चारमाध्यमहरुले भने शनिबारसम्म २९ बालबालिकाको मृत्यु भैसकेको बताएपनि आधिकारीक पुष्टि भैनसकेको भारतीय समाचारसंस्था पिटिआईले जनाएको छ । एजेन्सी
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।