बालश्रम विरुद्धको विश्व दिवस आज

जेठ २४,काठमाडौ–हरेक वर्ष जून १२ मा मनाइने बालश्रम विरुद्धको विश्व दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएकोछ । यही क्रममा काठमाडौं उपत्यकाका पाचवटै नगरपालिकाले बालश्रम विरुद्धको विश्व दिवसका अवसरमा संयुक्त रूपमा आजदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गरिने भएकोछ । पाचवटै नगरपालिकाले बालश्रम मुक्त नगर बनाउने लक्ष्यका साथ संयुक्त र आ–आफ्नोस्तरमा सचेतनामूलक कार्यक्रम गर्ने भएका छन् । उनीहरूले बालश्रमका विषयमा कविता, निबन्ध प्रतियोगिता, बाल भेला, बालमैत्री सुशासन विषयमा तालिमलगायत कार्यक्रमहरू गर्दै छन् ।