जेठ २४,काठमाडौ– केहि दिनदेखि बढेको अत्याधिक गर्मीका कारण तराईका केहि जिल्लामा विद्यालय नै बन्द गर्नुपरेको छ भने गर्मीले महोत्तरीमा एकको मृत्यु भएको छ । बनौली दनौली गाविस–६ बस्ने वर्ष ६० को जीवन महराको अत्यधिक गर्मीका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय सहोडवाले जनाएको छ । एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण महराको मृत्यु भएको भाइ छेदी महराले जानकारी दिनुभयो । उहााकाअनुसार गर्मीका कारण मुर्छित भई मुखबाट रगत निस्केर महराको मृत्यु भएको थियो । उता गर्मी बढ्दै गएपछि दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । जेठको पहिलो हप्ताबाट नै बिरामीको सङ्ख्या बढेको दमौली अस्पतालकी डा एन्जिला घिमिरेले बताउनुभयो । फोहोरमैला र दूषित पानीका कारण बिरामीको सङ्ख्या बढेको जानकारी उहााले दिनुभयो । दैनिक १२० देखि १५० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । अत्यधिक गर्मीका कारण कपिलबस्तुका निजी तथा आवासीय विद्यालय एक साताका लागि बन्द गरिएका छन् । जिल्लामा एक्कासी गर्मी बढेपछि विद्यार्थी तथा शिक्षक कक्षा कोठामै बेहोस हुन थालेपछि प्याब्सन तथा एनप्याब्सनले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बााके जिल्लाका संस्थागत तथा निजी विद्यालय एक साताका लागि बन्द हुने भएका छन् । प्याब्सन, एनप्याब्सन र क्रिसाको संयुक्त बैठकले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नेपालगन्जमा दिन प्रतिदिन गर्मी बढ्दै गएपछि पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समस्या आउने भन्दै विद्यालय बन्द गर्नुपरेको प्याब्सनले जनाएको छ । बढी तापक्रमले बालबालिका बेहोस हुने, झाडापखाला, रक्तचाप, बढ्नेलगायत समस्या देखापरेपछि विद्यालय बन्द गर्नुपरेको बताईको छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।