बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ठप्प

जेठ २३, धरान–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेपछि प्रतिष्ठानमा प्रहरी सुरक्षा बढाइएको छ ।
आन्दोलनकारीले एक साता देखि सेवा वन्द गरे पछि प्रतिष्ठानमा अप्रीय घटना हुन नदिन प्रहरी परिचालन गरिएको हो ।
सेवा ठप्प पारेपछि प्रतिष्ठान आउने दैनिक करिव दुईसय विरामीहरु उपचार पाउनबाट बञ्चीत भएका छन् । कर्मचारी हडतालका कारण प्रतिष्ठानलाई दैनिक २० लाख घाटा भएको छ । तलव सुविधा बृद्धीको  माग गर्दै कर्मचारीले काम छाडेर सेवा ठप्प पार्दै आएका छन । प्रतिष्ठानका कर्मचारीहरुले ११ महिना अगाडि सरकारले बृद्धी गरेको १८ प्रतिशत तलव र एक हजार भत्ता पाउनु पर्ने माग  अघि सारेका छन ।