एक ट्रकमा पुर्णरुपमा जलेर नष्ट

जेठ २३, नवलपरासी – नवलपरासीको तम्सरीया ७ चोरमारा जगंलमा गएराती गुडिरहेको ट्रकमा आगलागी हुदा ट्रक पुर्णरुपमा जलेर नष्ट भएको छ ।
पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना २ ख ८२९६ नम्बरको ट्रक लाईन सर्ट भएर एक्कासी आगलागी भएको हो । रातको १ बजे ट्रकमा आगलागी भएको र चितवनबाट आएको दमकलले आज बिहान मात्र आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।