जेठ २३, चितवन–तत्कालीन नेकपा माओवादीले गराएको चितवनको बाादरमुढे घटनाको आज ९ वर्ष पुरा भएको छ । माडीस्थित कल्याणपुर गाविसको बाादरमुढे खोलामा विद्रोही माओवादीले थापेको एम्बुसमा परि ३८ जनाको मृत्यु भएको थियो । माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते विहान पौने ८ बजे बाादरमुढे खोलामा विद्युतीय धरापमा पर्दा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए । घटनाको स्मृतिमा आज बाादरमुढे घटना पीडित संघर्ष समिति चितवनले बाादरमुढे खोलामा शोकसभा गर्दैछ । बाादरमुढे पीडितहरुको सकृयतामा बनेको बादरमुढे स्मारकको उचित संरक्षण हुन सकेको छैन । घटना भएको ९ बर्ष पुगिसकेको भएपनि अझै आफुहरुले राहत र न्याय नपाएको पीडितहरुले गुनासो गर्दै आएका छन् । पीडितहरुलाई एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले ६० लाख रुपैयाा राहतको प्याकेज घोषणा गरेपनि पिडितहरुले मानविय संबेदनालाईे पैसासंग जोडेको भन्दै एकीकृत माओवादी अध्यक्ष दाहालले घोषणा गरेको राहतको प्याकेज बहिष्कार गरेका थिए ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
