प्रधानमन्त्री कोइरालाले दक्षिण एसिया व्यापार मेलाको उद्घाटन गर्दै

जेठ २३, काठमाडौ–चीनको युनान प्रान्तको कुनिमङमा आजदेखि सुरु हुने दक्षिण एसिया ब्यापार मेलाको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नु हुने भएको छ । दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका नेताहरुको सहभागिता रहने मेलाको उद्घाटन समारोहमा प्रधानमन्त्री कोइरालाले स्थानिय समयअनुसार दिउसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कुल ८० स्टल रहने मेलामा निर्यात योग्य नेपाली उत्पानहरु राखिनुका साथै नेपाली बस्तु, संस्कृति र पर्यटनबारे सुचना प्रवाह गर्ने ब्यबस्था गरिएको छ । मेलामा नेपाली साास्कृत टोलीले साास्कृत कार्यक्रम पनि गर्ने छन् । युनानको प्रान्तिय सरकार र चिनको वाणिज्य मन्त्रालयद्धारा संयुक्त रुपमा आयोजनामा हुने मेलामा दक्षिण एसिया र दक्षिणपुर्वि एसियाका ४६ राष्ट्रको सहभागिता रहने छ । साउथ एसिया एक्स्पो उद्घाटन समारोहमा सहभागि हुन ३५ सदस्यि टोलिको नेतृत्व गर्दै हिजो चीन प्रस्थान गर्नु भएका प्रधानमन्त्री कोईरालाले चिनका उपप्रधानमन्त्रि वाङ याङलगाएत बिभिन्न देशका समकक्षिहरुसंग पनि भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री कोइराला सहितको टोली आजै राती स्वदेश फर्कने कार्यक्रम छ ।