अर्जेन्टिनाले ट्रिनिडाड एण्ड टोबागोलाई पराजित

जेठ २२, एजेन्सी–विश्वकपको अभ्यास खेलमा अर्जेन्टिनाले ट्रिनिडाड एण्ड टोबागोलाई पराजित गरेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले ट्रिनिडाड एण्ड टोबागोमाथि ३–० को जित निकालेको हो । रोड्रिगो प्लासिओले पहिलो हापको अन्त्यमा अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए । गोन्जालो हिगुइन १५ औं मिनेटमै घाइते भएपछि उनी मैदान प्रवेश गरेका थिए । यसअघि ४५ औं मिनेटमा लिओनल मेस्सीले एकै बल अघि बढाएर दिएको पासमा किपर विट भएपनि गोल गर्न चुकेका थिए । ५१ औं मिनेटमा मिडफिल्डर जाभियर मस्चेरानोले अग्रता दोब्बर पारे । मेस्सीको फ्रिकिक पोष्टमा लागेर फकिर्एको बलमा उनले गोल गोल गरेका हुन् । खेलको ६४ औं मिनेटमा म्याक्सी रोड्रिगेजले गोल गरे ।